- स्पेस एक्सका संस्थापक एलन मस्कले अब मंगल ग्रहभन्दा चन्द्रमालाई प्राथमिकतामा राख्दै त्यहाँ सहर बसाउने योजना अघि सारेका छन् ।
एजेन्सी, २७ माघ । स्पेस एक्सका संस्थापक एलन मस्कले अब मंगल ग्रहभन्दा चन्द्रमालाई प्राथमिकतामा राख्दै त्यहाँ सहर बसाउने योजना अघि सारेका छन् । मंगलको तुलनामा चन्द्रमामा मानिस पठाउन सजिलो हुने भएकाले आफ्नो योजना परिवर्तन गरेको मस्कले जानकारी दिएका हुन् ।
मस्कका अनुसार स्पेसएक्सले चन्द्रमामा 'आफैं बढ्ने सहर निर्माण गर्ने लक्ष्य राखेको छ, जुन १० वर्षभित्र सम्भव हुने अनुमान छ । मंगलमा सहर बसाउन भने २० वर्षभन्दा बढी समय लाग्ने उनले बताए । यद्यपि, उनको दीर्घकालीन लक्ष्य भने जीवन र चेतनालाई ग्रहहरुसम्म पुर्याउने रहेको स्पष्ट गरेका छन् ।
उनले मंगल यात्रा प्रत्येक २६ महिनामा मात्र सम्भव हुन्छ र त्यहाँ पुग्न करिब ६ महिना लाग्छ, जबकि चन्द्रमाका लागि हरेक १० दिनमा रकेट प्रक्षेपण गर्न सकिन्छ र २ दिनमै पुग्न सकिन्छ । स्पेसएक्सले मंगलमा पनि करिब ७ वर्षभित्र सहर बसाउने प्रयास सुरु गर्ने जनाएको छ ।
मस्कले मंगललाई मानव अस्तित्व जोगाउने ‘प्लान–बी’ का रूपमा व्याख्या गर्दै आएका छन् । उता नासाले भने चन्द्रमामै केन्द्रित हुँदै २०२८ सम्म अन्तरिक्षयात्रीलाई पुनः चन्द्र सतहमा पठाउने तयारी गरिरहेको छ ।
नासाको आर्टेमिस मून मिशनमा स्पेसएक्सको लुनार ल्यान्डर प्रयोग हुनेछ, जसका लागि नासाले स्पेसएक्सलाई करिब ३ अर्ब डलरको सम्झौता दिएको छ । यो ल्यान्डर हाल परीक्षण चरणमा छ । यसैबीच जेफ बेजोसको कम्पनी ब्लू ओरिजिन पनि यस्तै ल्यान्डर विकासको प्रतिस्पर्धामा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपाली कांग्रेसको घोषणापत्र उर्जा क्षेत्रको सन्दर्भमा प्रगतिशील देखियो: विज्ञ पौडेल
-
चुनावअघि दुर्गा प्रसाई नछुट्ने, पाँच दिन हिरासतमा राख्न अनुमति
-
गृहमन्त्री अर्यालसहित उच्चस्तरीय टोलीले निर्वाचन सुरक्षा अनुगमन गर्दै
-
मध्यपूर्वमा संयमता र कूटनीतिक समाधान गर्न नेपालको जोड
-
नेप्से १९.२७ अंकले बढ्यो, ५ अर्ब ६४ करोडको कारोबार
धेरै पढिएको
-
गुगलको तथ्याङ्क केन्द्रका लागि विश्वकै ठूलो ऊर्जा सञ्चय प्रणाली निर्माण हुने
-
एजेण्डाको स्वीकार्यता परीक्षण गर्दै राप्रपा
-
के बालबालिकाको घुर्ने समस्या सामान्य हो ?
-
पूर्वसहकर्मीहरुको प्रतिस्पर्धाले तताएको कर्णालीका चार निर्वाचन क्षेत्र
-
पाँच मध्ये एक किशोरकिशोरीले इन्स्टाग्राममा 'आपत्तिजनक कन्टेन्ट' देखेको खुलासा
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।